आलु महोत्सवमा हेम्जाका आमा समूहको साथ
पाेखरा | चैत ७, २०७९
हेम्जा: यही चैत्र २६ गतेदेखि वैशाख ३ गतेसम्म हुन गइरहेको ११ औं राष्ट्रिय हेम्जा आलु महोत्सव–२०७९ लाई हेम्जाका आमा समूहले सक्दो सहयोग गर्ने भएका छन् ।
मूल आयोजक समितिले मंगलवार राखेको आमा समुहको भेलामा आलु महोत्सवले हेम्जालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थरमा चिनाउने गरेको पहल गर्ने कुरा राखिएका थिए ।
कामधेनु महिला कृषक समूहको प्रतिनिधित्व गर्दै पार्वती बानियाँ, तिब्रेकोट आमा समुहको उषा कुँवर , शृजनशिल मिलन आमा समूहको मिना कुँवर, सिद्धिविनायक आमा समुहको अध्यक्ष पार्बती थापा, राधा कृष्ण आमा समुहको प्रतिनिधित्व गर्दै सृजना सापकोटा, देविस्थान आमा समुहकी सदस्य बुद्ध कुवर, सृजनशिल आमा समुहको सचिव गीता बराल अधिकारी, लगायतले आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।
भेलाले आलु महोत्सवमा हेम्जा लगायत यस क्षेत्रका बासिन्दाको सहभागिता बढाउने निर्णय पनि गरेको छ। त्यस अवसरमा मूल आयोजक समिति संयोजक सुविन श्रेष्ठ, महासचिव वसन्तकुमार श्रेष्ठ, आमा समूह परिचालन उप समिति संयोजक उमा भुर्तेल पौडल , सांस्कृतिक उपसमिति संयोजक दान बहादुर थापा लगायतले सहजीकरण गर्नुभएको थियो ।
महोत्सव आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता ,कृषि कविता प्रस्तुति ,प्रदेशस्तरीय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन्।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

